आगामी २१ फागुनमा हुने निर्वाचनको लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुअघि रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ छलफलमा जुटेका छन्। आगामी निर्वाचनमा एकता गरेर जाने विषयमा उनीहरूबिच छलफल भएको हो।
लामिछाने र बालेनबिच आइतबार बिहान सहमति भइसकेको छ। तर, कुलमानको पहलमा खोलिएको उज्यालो नेपाल पार्टीसँग सहमति हुन सकेको छैन। सो पार्टीले रास्वपामा ३० प्रतिशत हिस्सा खोजेकोमा रास्वपाले त्यसलाई स्वीकार गरेको छैन। केही जेन-जी अगुवाले तीनैजनालाई सहमति गर्न दबाब दिएका छन्। निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो। यो छलफलपछि मात्र रास्वपाले सूची बुझाउने तयारी गरेको छ।