सेकाहा म्याराथुन रनरदौडमा चिचिलाका तिलक राई प्रथम

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

सेकाहा महोत्सवको अवसरमा आयोजना गरिएको सेकाहा म्याराथुन (रनरदौड) चिचिलाका तिलक राई प्रथम भएका छन् ।
आज सोमबार खाँदबारी– ४ को भगिवन्त रंगशालाबाट सेकाहा रंगशालासम्म पाँच किलाेमिटर दूरीको दौडको आयोजना गरिएको थियो ।

दौडमा १२ जना युवाहरूले सहभागिता जनाएका थिए । तीमध्ये चिचिला गाउँपालिका– ३ खर्सुका तिलक राईले १७ मिनेट ५८ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् । त्यसैगरी चिचिला गाउँपालिका– ४ मिङमारका नारद राई द्वितीय बने । उनले १८ मिनेट ४४ सेकेन्डमा पार गरेका थिए । त्यसैगरी खाँदबारी नगरपालिका– ४, छयाङकुटीका ओङगेल शेर्पा तृतीय बने । उनले १९ मिनेट ११ सेकेन्डमा पार गरेका थिए । 

दौडको एक कार्यक्रमबिच खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले रिबन काटेर उद्घाटन गरेकी थिइन् ।
प्रतियोगिताका विजेतालाई नगद सात हजार र प्रमाणपत्र रहेको छ भने द्वितीयलाई नगद पाँच हजार र प्रमाणपत्र रहेको छ । तृतीयलाई नगद तीन हजार र प्रमाणपत्र रहेको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सेकाहा क्लबको आयोजना र खाँदबारी– ४ नम्बर वडा कार्यालय मुख्य प्रायोजनमा पुस ११ देखि सुरु भएको महोत्सव १५ गते समापन हुनेछ । महोत्सवमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, जातजातिको झाँकी प्रदर्शनी, कृषि तथा जातजातिको स्टल, रमाइलो मेला, छेलो हान्ने, डोरी तान्नेलगायत विभिन्न प्रतियोगिताहरू दैनिक सञ्चालन भइरहेको छ ।

सुझावित समाचार