नेकपा रामेछापले गर्‍यो उम्मेदवार सिफारिस

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रामेछाप जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवार बन्न आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेको छ।

नेकपा रामेछाप जिल्ला समितिको पुस ११ गते बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभातर्फ उम्मेदवार बन्न चाहनेहरूबाट आवेदन माग गरेको थियो। प्राप्त निवेदनमध्येबाट जिल्ला कार्यदलले उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, साविक नेकपा (एस)का पोलिटब्युरो सदस्य होम बुढाथोकी तथा अखिल क्रान्तिकारीका पूर्वसंयोजक एवं नेकपा केन्द्रीय सदस्य पवन कार्कीको नाम सिफारिस भएको छ। यसैगरी, नेत्र लामा, गुणराज ढुंगेल, अनन्तकुमार खड्का, दीपकराज प्रसाईं र नीरबहादुर श्रेष्ठ पनि सिफारिस भएका छन्। जेन–जी समूहबाट रोशन कार्की, अनोज भुजेल र सुदीप खड्काको नाम पनि सिफारिस गरिएको छ।

त्यसैगरी, समानुपातिकतर्फ जितबहादुर दाहाल, शरद रसाइली, सुनिता गौतम, केशरकुमार कालिकोटे, हिमाली गोले, रामबहादुर कार्की, आङकाण्डु शेर्पा, लालुमाया माझी, सरिता खाती, अम्बरबहादुर तामाङ र किरण मोक्तानको नाम सिफारिस भएको छ।

राष्ट्रिय सभाका लागि जगतबहादुर तामाङको नाम एकल सिफारिस गरिएको नेकपा रामेछापले जनाएको छ।

सुझावित समाचार