बिपिएल लिगको पहिलो खेलमै सन्दीपले लिए दुई विकेट

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

पहिलो सिजनको बंगलादेश प्रिमियर लिगको उद्घाटन खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानले दुई विकेट लिएका छन् । सन्दीप आबद्ध राजशाही वारियर्सले सिलेट टाइटन्स प्रतिस्पर्धा गरेको थियो ।

स्पिन बलरलाई सहयोग नगरेको पिचमा उनले ४३ रन खर्चेर दुई विकेट हात पारेका हुन् । उनले ७ बल डट फ्याँक्दा दुई चौका र तीन छक्का खाए । सन्दीपले इनिङ्सको ८.२ ओभरमा हर्जातुल्लाह जजाइलाई २० रनमा मुस्फिकर रहिमबाट स्टम्पिङ गराए । त्यसअघि सिलेटका ओपनर रोनी तालुकदारलाई १२.६ ओभरमा ४१ रनमा बोल्ड गरे । सन्दीपले आफ्नो पहिलो खेलमा नौ रनरेटमा बलिङ गरेका थिए । 

प्रतिस्पर्धामा टस जितेर राजशाहीले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ अवसर पाएको सिलेटले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९० रनको विशाल योगफल बनाएको थियो । प्रत्युत्तरमा एक सय ९१ रनको लक्ष्य राजशाहीले १९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । राजशाहीका लागि नाजमुल हुसेन सान्तोकोले एक सय एक रनको अविजित योगदान दिए ।

उनले ६० बलमा १० चौका र पाँच छक्का प्रहार गरेका थिए । मुस्फिकर रहिमको ५१ रन जोड्दा ३१ बलमा चार चौका र दुई छक्का हिर्काए । लिगमा राजशाही र सिलेटसहित ६ टोलीले भाग लिएका छन् । भ्रष्टाचार भएको विषयमा छानबिन प्रतिवेदन तयार भएको दुई महिनापछि लिग सुरु भएको हो ।

See More On

सुझावित समाचार