सन्दीप सम्मिलित राजशाही वारियर्सको बिपिएलमा विजयी सुरुवात

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बिपिएल) मा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको लिगको पहिलो खेलमा राजशाहीले सेलहेट टाइटन्समाथि आठ विकेटको सानदार जित हात पारेको हो। राजशाहीको जितमा सन्दीप लामिछानेले दुई विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा ३८ रन दिए। 

सेलहेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाहीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सेलहेटले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९० रनको योगफल तयार पारेको थियो। 

जवाफी ब्याटिङ गरेको राजशाहीले१९१ रनको लक्ष्य दुई बल अगावै दुई विकेटको क्षतिमा भेट्टायो। 

राजशाहीका लागि कप्तान नजमुल हौसेन सान्तो १०१ र मुसिफिकर रहिम ५१ रनमा अविजित रहे। नजकुलले ६० बलमा १० चौका र पाँच छक्काकाे सहयोगमा १०१ रनको अविजित पारी खेले।

सुझावित समाचार