ललितपुर जनस्वास्थ्यद्वारा ग्रामीण क्षेत्रका विद्यार्थीको स्वास्थ्य परीक्षण

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ग्रामीण क्षेत्रका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको छ। शुक्रबार भट्टेडाँडास्थित महाकाली मावि पुगेर जनस्वास्थ्यको टोलीले स्वास्थ्य परीक्षण गरेको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलाल नेतृत्वको टोलीले विद्यालयमा पुगेर विद्यार्थीको दाँत, श्रवणशक्ति, मुटु, आँखालगायत परीक्षण गरेको थियो। विशेषज्ञ चिकित्सकसहित पुगेको टोलीले ११७ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको डा. गेलालले जानकारी दिए।

‘ग्रामीण क्षेत्रका स्कुलमा बालबालिकाको स्वास्थ्य कस्तो छ भनेर हामीले विद्यालयमै पुगेर परीक्षण गरेका छौँ, कतिपयको आँखा, मुटु र श्रवण शक्तिमा समस्या देखिएको छ, यसको विश्लेषण गरेर प्रतिवेदन तयार पार्छौँ, विद्यार्थीको उपचारमा सहजीकरण गर्छौँ,’ उनले भने, ‘परीक्षणका क्रममा विद्यार्थीको इको पनि गरेका थियौँ।’

सुझावित समाचार