पार्कल्यान्ड होटेलको आइपिओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

सिटिजन्स क्यापिटल लिमिटेड होटेल पार्कल्यान्ड लिमिटेडको साधारण सेयर (आइपिओ) निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र होटेल पार्कल्यान्डका अध्यक्ष शरदकुमार पाण्डेले हस्ताक्षर गरे । 

सम्झौताअनुसार सिटिजन्सले उक्त होटेलको आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् बिक्री प्रबन्धकको कार्य गर्नेछ । चितवनको सौराहामा रहेको होटेलले विगत १८ वर्षदेखि सेवा दिँदै आएको छ ।

See More On

सुझावित समाचार