सन् २००४ : हिन्द महासागरमा आएको ९.३ रेक्टर स्केलको महाभूकम्पले निम्त्याएको विशाल सुनामीले इन्डोनेसिया, श्रीलंका, भारत, थाइल्यान्डलगायत देशमा ठुलो क्षति पुर्यायो । झन्डै अढाई लाख मानिस मारिए ।
सन् १७०५ : शिख गुरु गोविन्द सिंहका दुई छोरा फतेह सिंह (६ वर्ष) र जोराबर सिंह (९ वर्ष) इस्लाम धर्म अपनाउन अस्वीकार गरेको आरोपमा मुगल गभर्नर वजिर खानबाट मारिए ।
सन् १८९३ : जनवादी गणतन्त्र चीनका संस्थापक माओत्से तुङ यसै दिन जन्मिएका थिए ।
सन् १८९८ : म्याडम क्युरी र पियरे क्युरीले दोस्रो तत्व रेडियम पत्ता लगाएको सार्वजनिक घोषणा गरे । यसअघि तिनले पोलोनियम पत्ता लगाएका थिए ।