बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि सेनाद्वारा दाउरा वितरण

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

पछिल्लो केही दिनदेखि बाक्लो हुस्सुसँगै शीतलहरका कारण बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नेपाली सेनाले दाउरा वितरण गरेको छ । सिराहाको चोहर्वास्थित नेपाली सेनाको नन्दाबक्स गणले शीतलहरबाट मानवीय क्षति हुन नदिन मुख्य बजार र दलित बस्तीहरूमा दाउरा वितरण गरेको हो ।

शीतलहर चलेपछि गणका सहसेनानी रेशमराज अधिकारीको कमान्डमा खटिएको टोलीले बिहीबार मिर्चैया बजार क्षेत्रको मानिसहरूको बढी जमघट हुने मुख्य नौवटा चोकमा आगो ताप्न दाउरा वितरण गरिएको हो ।

सेनाको टोलीले बिहीबार बिहानदेखि मिर्चैयाको साझा चोक, कटारी चोक, थाना चोक, साप्ताहिक हटिया क्षेत्र गरी नौ ठाउँमा आगो ताप्न दाउरा वितरण गरिएको गणले जनाएको छ । सेनाले बुधबार गोलबजार नगरपालिका– १० को बुद्ध चोक, बिचला टोल र दलितहरूको बसोबास रहेको धोबियाधारमा दाउरा वितरण गरेको थियो । 
 

सुझावित समाचार