पोखराको चिप्लेढुंगामा केएफसीको २३औँ शाखा

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

प्रसिद्ध फास्ट फुड चेन रेष्टुरेण्ट केएफसीले पोखरा महानगरपालिका–४ स्थित चिप्लेढुङ्गामा नेपालमा २३औँ शाखा विस्तार गरेको छ । चिप्लेढुङ्गास्थित सेलवेज भवनमा केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपालले सेल्सबेरीसँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।

शाखाको सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरेका छन् । करिब आठ वर्षअघि पोखराको लेकसाइडमा शाखा सञ्चालन गरेको केएफसीको पोखरामा यो दोस्रो शाखा हो । 

उदटनका अवसरमा भोलि शुक्रबार विशेष छुटको व्यवस्था गरेको देवयानीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले जानकारी दिए । दैनिक बिहान ९ देखि राति ९ बजेसम्म शाखा सञ्चालन हुनेछ । 

विशेषगरी चिकेनका विभिन्न परिकारका लागि केएफसी प्रसिद्ध छ । हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटलगायत ग्रहकहरूको रोजाईमा पर्दै आएका छन् ।

शाखामा १४ जनाले रोजगारी पाएका छन् । देशभर पाँच सय हाराहारीले केएफसीमा रोजगारी पाएको शाहले जानकारी दिए ।
नेपालमा २००९ देखि केएफसीले सेवा सुरु गरेको हो ।
 

सुझावित समाचार