ग्लोबलले पुष्पखेतीका लागि कर्जा प्रवाह गर्ने

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएसन नेपालबिच सम्झौता भएको छ । पुष्पखेती तथा आलंकारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोका लागि सहज कर्जा प्रणालीको विकास गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका इन्फ्रास्ट्रक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख असीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले हस्ताक्षर गरे । 

यससँगै बैंकले पुष्प व्यवसायी वा कृषकलक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ । साथै, फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्नो सदस्यलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी प्रदान गर्नेछ । यसबाट व्यवसायी तथा कृषकको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरूको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ । 

साथै, यस सहकार्यले जलवायुअनुकूल अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसात् गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । 

बैंक र एसोसिएसनबिचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीलाई प्रोत्साहित गर्ने छ । साथै वित्तीय पहुँच विस्तारका साथै फूल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ । 

See More On

सुझावित समाचार