प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवार छनोटका लागि एमाले उपमहासचिव योगेश भट्टराईले महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन्।
समानुपातिक उम्मेदवारको नाम पेस गर्नुपर्ने समय नजिक आइसक्दा पनि तयारी नगरेको भन्दै उनले फोन गरेर ध्यानाकर्षण गराएका छन्। तत्काल पार्टीको बैठक राखेर मापदण्ड बनाई सिफारिस प्रक्रिया सुरु गर्नुपर्ने उनको माग छ।
यसबारे भट्टराईले फेसबुकमा लेखेका छन्–
प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेस गर्नुपर्ने समय नजिक आइसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नुपर्नेछ । महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फत यो विषय ध्यानाकर्षण गरेको छु ।