सिंहदरबारमा तयार हुँदै राष्ट्रिय सभा बैठक हल [तस्बिरहरू]

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाको आगामी अधिवेशनका लागि सिंहदरबारस्थित संसद् सचिवालयभित्र हल तयार भइरहेको छ। जेन-जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनी भएपछि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमै बैठक बस्ने तयारी गरिएको हो। 

सिंहदरबारपरिसरमा निर्माणाधीन संघीय संसद् भवनको काम सम्पन्न नहुँदा संसद् सचिवालयको भवनमै बैठक गर्न लागिएको हो। अहिले फर्निचरहरू मिलाउने, रंगरोगन गर्नेलगायतका काम भइरहेका छन्।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अबको एक हप्ताभित्र हल तयार हुने बताए।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार