ताप्लेजुङमा दृष्टिविहीन व्यक्तिहरूका लागि आधारभूत कम्प्युटर तालिम सुरु भएको छ। फुङलिङ नगरपालिकाको आर्थिक सहयोग र नेत्रहीन संघ ताप्लेजुङको आयोजनामा तालिम सञ्चालन गरिएको हो।
शनिबार फुङलिङ बजारमा आयोजित उद्घाटन समारोहका बिच तालिमको औपचारिक सुरुवात गरिएको नेत्रहीन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूले जानकारी दिए। फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा तालिम सुरु गरिएको हो। उनका अनुसार ५ पुसदेखि सुरु भएको तालिम आगामी २० माघसम्म सञ्चालन हुनेछ।
तालिम फुङलिङमा रहेको युनिभर्सल इन्स्टिच्युटमा सञ्चालन भइरहेको छ।