संखुवासभामा भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

संखुवासभाको चिचिला गाउँपालिका– ३ स्थित दिदिङ आधारभूत विद्यालयको नवनिर्मित विद्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले भवनको संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।

विद्यालय भवन तथा अन्य सहयोगी संरचनाहरू भारतीय सहयोगको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको हो। परियोजनाको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।

०१९ सालमा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा हाल प्रारम्भिक बाल विकास (इसिडी)देखि कक्षा पाँचसम्म अध्ययन–अध्यापन हुँदै आएको छ।

सुझावित समाचार