राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार मात्र कारागारबाट रिहा हुने भएका छन्। अदालती प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले उनी शुक्रबार मात्र छुट्ने भएका हुन्।
उच्च अदालत, तुलसीपुरको भैरहवा अदालतले उनलाई जमानतमा रिहा गर्न भनेको थियो।
जसअनुसार जिल्ला अदालतले उनको धरौटी स्वीकार गर्नुपर्ने हुन्छ। त्यसका लागि लामिछाने जिल्ला अदालत, रुपन्देही जानुपर्ने भएकाले शुक्रबार मात्र छुट्ने भएका हुन्। जिल्ला अदालत, रुपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन नक्खु कारागारलाई पत्राचार गरिसकेको छ ।
