अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीको आक्रोशः देश ठप्प पार्ने धम्की

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प पार्ने र यो सरकार ढाल्ने धम्की  दिएका छन्। पार्टीको अध्यक्षमा पुनः निर्वाचित भएसँगै सपथपछिको पहिलो सम्बोधनको क्रममा बिहीबार उनले यस्तो धम्की दिएका हुन्। 

जाँचबुझ आयोगले बयानका लागि बोलाउने तयारी गरिरहेको अवस्थामा ओलीले यस्तो चेतावनी दिएका छन्। अहिले आफ्नो विषयमा मिडिया ट्रायल भइरहेको बताए। एमालेलाई छुनु संसारकै महँगो कुरा हुने चेतावनी दिँदै ओलीले थपे, ‘...ढालिने छ यो सरकार। त्यसका निम्ति नेकपा एमाले देशभरीबाट तयारी हालतमा बस्नुपर्छ। संसारमा केही महँगो पथ्र्यो भने एमालेलाई छुनु महँगो पर्ने छ।’

सम्बोधनका क्रममा उनले वर्तमान सरकारप्रति आक्रोश व्यक्त गर्दै हालै जेनजीसँग भएको सम्झौता कलाविहिन नाटक भएको र त्यसलाई आफ्नो पार्टीले खारेज गर्ने बताए । 
वर्तमान सरकारको सुरक्षा व्यवस्थाप्रति भर नपर्न भन्दै उनले टोल टोलमा सुरक्षा समिति बनाउन समेत निर्देशन दिएका छन्। 
 

सुझावित समाचार