उपमहासचिवमा पछि परे विष्णु रिमाल

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

एमालेको ११औँ महाधिवेशनको मतगणना चलिरहँदा केपी ओली प्यानलका धेरै नेताहरूको अग्रता देखिएको छ । उपमहासचिवमा भने ओलीनिकट विष्णु रिमाल पछि परेका छन्। 
उपमहासचिवका तीन पदका लागि भएको निर्वाचनमा रिमाल चौथो नम्बरमा छन्। 

पछिल्लो मतपरिणामअनुसार पहिलो नम्बरमा ७३४ मतसहित लेखराज भट्ट छन् । ७०९ मतसहित योगेश भट्टराई दोस्रो स्थानमा र ६८९ मतसहित रघुवीर महासेठ तेस्रो स्थानमा छन् । रिमालले ५४० मत पाएका छन् भने आनन्द पोखरेलले ३३४ र बैजनाथ चौधरीको २७१ मत छ । उनीहरूमध्ये योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरी ईश्वर पोखरेलको प्यानलबाट हुन् । उपमहासचिवको तीन पदका लागि ६ जनाबिच प्रतिस्पर्धा छ। 

सुझावित समाचार