करेन्ट लागेर एकजनाको मृत्यु

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

धनकुटाको पाख्रीबास नगरपालिकामा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। पाख्रीबास नगरपालिका– ५, चौतारास्थित जंगलमा दाउरा काट्न जाने क्रममा बिहान नाै बजे करेन्ट लागेर स्थानीय लोकबहादुर तामाङको छोरा १४ वर्षीय बादल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

विद्युतको पोललाई सपोटका लागि भुइँमा गाडिएको तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । घटनापश्चात् प्रहरी र विद्युत् प्राधिकरणका कर्मचारी घटनास्थलमा गएका छन् ।
 

See More On

सुझावित समाचार