सशस्त्र प्रहरी बलका तीनैजना एआइजीको जिम्मेवारी हेरफेर भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो ।
कार्य विभागमा कार्यरत पौडेललाई मानवस्रोत विकास विभाग, मानवस्रोतमा कार्यरत वंशीराजलाई सीमा सुरक्षा विभाग र सीमा सुरक्षा विभागमा कार्यरत गणेश ठाडामगरलाई कार्य विभागमा सरुवा गरिएको छ । एक वर्ष अवधि पुगेकाले एआइजीहरूको जिम्मेवारी हेरफेर भएको हो ।