एमालेको महाधिवेशन : आजै परिणाम सार्वजनिक गर्ने तयारी

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

एमालेको नेतृत्व चयनका लागि आज मंगलबार अपराह्न ४ बजेदेखि मतदान हुने भनिएपनि पटकपटक समय सर्दै आएको छ। दिउँसो १ बजे सुरु हुने भनिएको मतदान प्राविधिक कारण भन्दै ८ बजेलाई सारिएको छ।

मतगणना र अन्तिम नतिजासमेत आजै सार्वजनिक गर्ने तयारी भइरहेकाे बताइएको छ। एमालेको बन्दसत्र चलिरहेको भृकुटीमण्डपस्थित हलमा भोलि बुधबार नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रम तय भएकाले आजै नतिजा सार्वजनिक गर्नुपर्ने अवस्था रहेको एक नेताले जानकारी दिए।

नयाँ नेतृत्व चयनका लागि दुई हजार २६२ प्रतिनिधिले मतदान गर्नेछन्। मतदानस्थलमा ८० वटा भोटिङ मेसिन राखिएको छ।

सुझावित समाचार