क्यानलाई आइसिसीको बधाई

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिएका छन् ।

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसिसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चतुरबहादुर  चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन्। 

अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । एनपिएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तर्राष्ट्रियस्तरमा आफूलाई बलियो बनाउँदै लैजानेमा अध्यक्ष शाहको विश्वास छ ।
 

सुझावित समाचार