नेकपा (एमाले)को ११औँ महाधिवेशनमा आज मनोनयन दर्ता भइरहेको छ । केपी ओली र ईश्वर पोखरेलको टिमले प्यानल नै बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन्।
ओलीले महासचिवमा पुनः शंकर पोखरेललाई दोहोर्याउने निर्णय गरेपछि प्रदीप ज्ञवाली असन्तुष्ट बनेका छन्। ज्ञवालीले पनि महासचिव पदको दाबी गरेका छन्। तर, उपाध्यक्षमा उठाउने गरी ओलीले टिम बनाएपछि उनी असन्तुष्ट बनेर महाधिवेशनस्थलबाट बाहिरिएका छन्।
त्यस्तै, ओलीले टिममा नराखेपछि नेता कृष्णगोपाल श्रेष्ठ पनि असन्तुष्ट बनी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउँदा पनि ओलीलाई टिम मिलाउन सकस भएको छ।