सरकार मन्त्री बनाउन भ्रष्टहरू खोज्दै हिँडेको छ : रामहरि खतिवडा

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण
सरकार मन्त्री बनाउन भ्रष्टहरू खोज्दै हिँडेको छ : रामहरि खतिवडा

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकार चुनावको तयारीको साटो मन्त्रिमण्डल विस्तारमा केन्द्रित भएको टिप्पणी गरेका छन्।

सोमबार सानेपामा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भ्रष्टहरूलाई खोज्दै सरकारले मन्त्रिपरिषद् विस्तार गरिरहेको बताएका हुन्। ‘सरकार चुनाव गराउने बाटोमा छैन, मन्त्रिमण्डल विस्तारमा केन्द्रित छ। ती पनि भ्रष्ट जो–जो छन् तिनीहरूलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै सुन्दै थिएँ विवादित मान्छेहरू आएका छन्,’ उनले भने।

केही मन्त्री काम गर्ने खालका देखिए पनि समग्रमा सरकार चुनाव गराउनतिर नलागेको नेता खतिवडाको भनाइ थियो। उनले भने, ‘केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन्, तैपनि सरकार अहिले चुनाव गराउनेजस्तो अवस्थामा गएको छैन। हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीव्रतर गतिमा लागेका छौँ।’
 

सुझावित समाचार