प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका रोहितकुमार पौडेलले कार र बाइक पाएका छन्। उनले प्रतियोगितामा लुम्बिनीलाई च्याम्पियन बनाउनुका साथै १० विकेट लिएका थिए भने २७६ रन बनाए।
उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन्। त्यस्तै, ५० रन बनाउने पनि पहिलो खेलाडी हुन्। सर्वाधिक रन बनाएसँगै उनले बाइक पाएका हुन्। कारमा उनले आफ्नी आमालाई राखेर मैदानको परिक्रमा गराएका थिए।