‘हाम्रो राजनीति सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’-ओली

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केवल सत्ता बदल्ने राजनीति मात्रै नभई जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति रहेको बताएका छन् ।

शनिबार एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘हाम्रो राजनीति केवल सत्ता बदल्न राजनीति होइन-जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो ।’ उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षासमेत रहेको बताए । 

सुझावित समाचार