एमालेको महाधिवेशनस्थलमा जे देख्यौँ (फोटोफिचर)

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेका नेता र अगुवा कार्यकर्ता भावी नेतृत्व चयनका लागि काठमाडौंमा जुटेका छन् । शनिबारबाट सुरु हुने ११औँ महाधिवेशनमा सहभागी हुने साढे २२ सय प्रतिनिधिले आगामी पाँच वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्दै छन् । आज भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको मैदानमा अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गर्दैछन् । २९ मंसिरसम्म चल्ने महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुनेछ । १० मंसिर ०७८ मा चितवनमा सम्पन्न दसौँ महाधिवेशनपछि पाँचवर्षे कार्यकाल पूरा हुन एक वर्ष बाँकी छँदै एमालेले ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै छ । भक्तपुरकाे सल्लाघारीमा अहिले महाधिवेशनकाे चहलपहल सुरू भएको छ। व्यवस्थापकले कार्यकर्ताहरूलाई  चेकजाँच गर्दै भित्र पठाइरहेका छन् । हेर्नुस् केही तस्बिरहरु :

सुझावित समाचार