एनआइबिएल इक्विटी पार्टनर्सको सहप्रमुखमा मल्ल

शुक्रबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

एनआइबिएल इक्विटी पार्टनर्सको सहप्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छिन् । यो एनआइएमबी एस क्यापिटलले व्यवस्थापन गर्दै आएको कम्पनी हो । सहप्रमुखको भूमिकामा रहेर उनले निजी इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त क्षेत्रको रणनीतिक नेतृत्व गर्नेछिन् ।

उनले पर्यावरणीय, सामाजिक र प्रशासनिक (इएसजी) एकीकृत लगानी ढाँचा विस्तार गर्ने, पोर्टफोलियोमा निगरानी बढाउने र नेपालको आर्थिक रूपान्तरणमा योगदान पुर्याउने कम्पनीले जनाएको छ । 

एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भने, ‘मल्लको अनुभव, कम्पनीको लगानी दृष्टिकोण र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य बढाउने हाम्रो प्रतिबद्धतासँग मेल खान्छ ।’

‘बढ्दो नेपाली पुँजी बजारमा एनआइबिएल इक्विटी पार्टनरसँग जोडिन पाउँदा खुसी छु,’ मल्लले भनिन्, ‘म कम्पनीको महत्वाकांक्षी दृष्टिकोणमा योगदान गर्न र नेपालको वित्तीय क्षेत्रको अर्को अध्यायमा सहयोग गर्न उत्सुक छु ।’ जलवायु वित्त, प्राइभेट इक्विटी, उद्यम विकास र दिगो प्रभावको क्षेत्रमा मल्लसँग १४ वर्षभन्दा बढीको कार्य–अनुभव छ । 

सुझावित समाचार