ढोलमुखामा दोस्रो पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगिता

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

धनकुटाको सहिदभूमि गाउँपालिका–२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगिता आजदेखि शुुरु भएको छ ।

किराँत राई समुदायको मारुनी नाँच एवम् सरस्वती पूजाको अवसर पारेर ‘मौलिक कला, संस्कार र संस्कृतिको जगेर्ना गरौ, सृजनशीलता, अग्रसरता र चौतर्फी विकासमा युवा लागि परौ’ भन्ने मुल नाराका साथ दोस्रो खाल्साथुम कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । 

खाल्साथुम छिन्ताङ्ग युवा क्लब सहिदभूमि–२ को आयोजनामा शुुरु भएको आज भएको प्रथम चरणको खेलमा महालक्ष्मी नगरपालिका धनकुटा र खाल्साथुम युवा क्लब सहिदभूमि–२ (निलो) धनकुटा बीच भएको खेलमा महालक्ष्मी नगरपालिका बिजयी भएको छ । महालक्ष्मी नगरपालिका धनकुटाले खाल्साथुम छिन्ताङ्ग युवा क्लब सहिदभूमि–२ लाई सोझो सेटमा हरायो । पहिलो सेट २५–१९, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१७ ले महालक्ष्मी नगरपालिका विजयी भएको हो ।

सहिदभूमि–२ को ढोलमुखा टोलमा संचालन भई रहेको भलिबल प्रतियोगिताको विजेता टीमलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल, प्रमाण–पत्र र उप–विजेता हुने टीमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल, प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलको विभिन्न विधामा नगद सहित मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने क्लबका निवर्तमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक अनिश राईले बताए ।

उक्त भलिबल खेलको सहिदभुमि गाउँपालिकाका अध्यक्ष मनोज राईले उद्घाटन गरेका छन् । उक्त खेलको उद्घाटन गर्दै पालिका अध्यक्ष राईले पालिकास्तरमा सञ्चालन गरिएको खेलद्धारा लुकेर बसेको युवाहरुको प्रतिभालाई उजागर गर्न मद्दत पुग्ने बताए । साथै पालिकाले खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । 
 

सुझावित समाचार