सहिद परिवार र नागरिक अगुवालाई साक्षी राखेर सरकार र जेन–जीबिच सम्झौता(पूर्णपाठसहित)

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेन-जी प्रतिनिधि र नेपाल सरकारबिच सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक समारोहबिच हस्ताक्षर सम्पन्न भएको हो।

सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेन-जीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिलकुमार सिन्हा, खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालको उपस्थिति थियो।

यस्तै स्वतन्त्र पर्यवेक्षकका रूपमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, विद्याधर मल्लिक लगायतको उपस्थिति थियो। जेनजी आन्दोलनका घाइते, सहिद परिवार र विभिन्न समूहका जेनजी अगुवाहरूको पनि ठूलो संख्यामा उपस्थिति थियो।

प्रधानमन्त्री सुशीला कार्कीले यो सम्झौतालाई इतिहासको एउटा कोशेढुंगाको संज्ञा दिँदै यसले भोलिको परिवर्तनलाई निर्देशित गर्ने  बताइन्। नेपाल जेनजी आन्दोलनको गुरु राष्ट्र बन्न पुगेको र यहाँको प्रेरणाबाट अन्य मुलुकहरूमा पनि आन्दोलन भइरहेको उनको भनाई थियो । यस दस्तावेजलाई स्वीकार्य बनाउन खोज्दा हस्ताक्षर गर्न केही ढिलाइ  भएको उनले जानकारी दिएकी थिइन्। 

  जेनजी आन्दोलनका क्रममा ज्याउन गुमाउने सहिद, घाइते योद्धा तथा सबै जेनजी युवाको योगदान इतिहासमा अभिलिखित राखिरहन पनि यो दस्तावेज निर्माण गरेको उनको भनाई थियो। 

यस्तो छ सम्झौतापत्र:

सुझावित समाचार