चन्द्रबहादुर विश्व पुरुष बक्सिङको सेमिफाइनलमा

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली बक्सर चन्द्रबहादुर थापा दुबईमा चलिरहेको आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५१–५४ केजी तौल समूहमा इतिहास रच्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको बुधबार साँझ भएको क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५–० ले हराउँदै उनले अन्तिम चारको स्थान पक्का गरेका हुन् । उनी युनानिमोस डिसिजनका अनुसार विजयी भएका भएका थिए । अब सेमिफाइनलमा चन्द्रबहादुरले कजाखस्तानका मुक्केबाजको सामना गर्नेछन् ।

चन्द्रबहादुरको सेमिफाइनल यात्रालाई ऐतिहासिक रुपमा उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिएका छन् । ‘अहिलेसम्म कुनै पनि नेपाली सेमिफाइनलसम्म पुगेका छैनन्, यो समग्र नेपाली बक्सिङकै इतिहास हो,’ प्रशिक्षक महर्जनले भने । उनका अनुसार चन्द्रबहादुरले कम्तीमा कास्य पदक पक्का गरेका छन् । यससँगै उनले कम्तिमा ७५ हजार अमेरिकी डलर पक्का पनि गरेका छन् ।

उनले फाइनल स्थान सुरक्षित गरे १ लाख ५० हजार र फाइनल जितेमा ३ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । रोल्पाका निवासी चन्द्रबहादुर नेपाल पुलिस क्लबमा आवद्ध छन् । राष्ट्रिय टोली तयारी टिमको मिसन २०२६ को प्रशिक्षणमा उनी सुरु देखि नै छन् । चन्द्रबहादुरले ०७४ सालबाट बक्सिङ खेल्न सुरु गरेको प्रशिक्षक महर्जनले बताए ।

सुझावित समाचार