सरकार र जेन-जी प्रतिनिधिबिच सम्झौतामा हस्ताक्षर हुने भएको छ। जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा सम्झौतामा हस्ताक्षर हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हस्ताक्षर कार्यक्रम आज बुधबार साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको सगरमाथा हलमा हुनेछ।