सल्यानबाट कांग्रेसका ६ उम्मेदवार सिफारिस

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सल्यानबाट नेपाली कांग्रेसले ६ जनाको नाम सिफारिस गरेको छ।

कांग्रेस सल्यानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ नौजनाको नाम सिफारिस गरेको कांग्रेस सल्यानका उपसभापति सन्तोष केसीले जानकारी दिए।

प्रत्यक्षतर्फ केशबहादुर विष्ट, सन्तोष केसी, एकराज डाँगी, मानबहादुर डाँगी, दीपेन्द्रकुमार खत्री र सुरेश चन्दको नाम सिफारिस भएको हो। समानुपातिकतर्फ खस-आर्यमा चक्र देवकोटा, प्रेमबहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द र ध्रुवबहादुर मल्लको नाम सिफारिस हुँदा महिलामा शुभद्रा बस्नेत, सीता गिरी, विष्णुकुमारी शर्मा र दलितमा चक्रबहादुर परियारको नाम सिफारिस गरिएको छ।

बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरेको छ। राष्ट्रिय सभाका लागि धुर्वराज पुरीको एकल नाम सिफारिस भएको छ।
 

सुझावित समाचार