सिजीमा करेन्ट लागेर एकजना मजदुर घाइते

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

नवलपुरको देवचुली नगरपालिका- २ सिजी फुड्स प्रालिमा मंगलबार बिहान एकजना मजदुर घाइते भएका छन्। सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने क्रममा हाइटेन्सनको तारमा छुन गई एकजना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका- ३ निवासी २६ वर्षीय सन्दीप महतो करेन्ट लागी घाइते भएका हुन्। उनको शरीरको ३५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घाइते महतोलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर चितवन लगिएको छ। घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार