मालदोभाका खेलाडीमाथि नेपालका लालप्रसाद उप्रेती विजयी

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

दुबईमा जारी आइबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालका लालप्रसाद उप्रेतीले ४८ किलो तौल समूहमा माल्युदोभाका पोरोम्बाक मिहाईमाथि जित हासिल गरेका छन्।

उनले पहिलो राउन्डदेखि नै निकै कन्फिडेन्टका साथ खेल्दै १०–९ क्लियर डिसिजनको लिड गर्दै ५ः० मा अग्रता हासिल गरे। दोस्रो राउन्डमा ४ः१ को अग्रता कायम गरे भने तेस्रो राउन्डमा पनि पोरोम्बोकका प्रायः सबै पन्चहरूलाई डकिड गर्दै क्लियर क्वालिटि पन्चहरूको वर्षा गर्दै गरी ५ः० अग्रतालाइ कायम गर्दै युनानिमस डिसिजनमा सानदार जित हासिल गरी क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।

यसअघि  लालप्रसाद उप्रेतीले इथियोपियाका अलेमु अबेल अबात्येलाई युनानिमस डिसिजन ५ः० को आधारमा पराजित गर्दै विजयी सुरुवात गरेका थिए।

महिलातर्फ विश्व च्याम्पियनसिपमा दुई देशलाई जितेर अन्जनी तेलीले इतिहास कायम गरेकी थिइन् भने पुरुषतर्फ क्वाटर फाइनलसम्मको यात्रा गर्ने उप्रेति रहेका छन्। अर्का खेलाडी चन्द्र थापाको भिडन्त आज अर्मानियाका मुक्केबाजसित हुनेछ।

अब हुने खेलमा लालले बिजय हासिल गरेमा उनले कम्तिमा ७५ हजार डलर (एक करोड आठ लाख रुपैयाँ) जित्ने छन्। आइबाले उक्त विश्व च्याम्पियनसिपमा बिजेतालाई तिन लाख डलर, उपविजेतालाई एक लाख ७५ हजार डलर र तृतीय हुने दुइजनालाई जनही ७५ हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ।

सुझावित समाचार