विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष पदका लागि आवेदन मागेको छ।

मन्त्रालयले मंगलबार सूचना जारी गरी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका लागि अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको हो।

मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको भने अध्यक्ष पदका लागि मात्र आवेदन मागिएको छ।

मन्त्रालयले इच्छुक व्यक्तिलाई सात दिनभित्र वैयक्तिक विवरण, शैक्षिक प्रमाणपत्र, अनुभव पेस गर्न भनेको छ।

यसैबिच शिक्षामन्त्री महावीर पुनले भने पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको अध्यक्षका लागि पनि विज्ञापन खुलाइएको बताएका छन्।

सुझावित समाचार