नेपाल बैंक र ललितपुरको ज्वागलमा रहेको क्युरा हेल्थ प्रालिले ग्राहकलाई छुट दिनेबारे सहकार्य गरेका छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थका प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता भएअनुसार यस बैंकमा कार्यरत कर्मचारी तथा खातावालले क्युरा हेल्थमा प्याथोलोजी ल्याबको विविध सेवा नि:शुल्क पाउनेछन् । साथै, विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसबाट बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहक ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।