पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे भ्रष्टाचारमा पाँच पूर्वमन्त्री पनि प्रतिवादी

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार अभियोगमा पाँच पूर्वमन्त्रीमाथि पनि मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग आयोगले आइतबार पाँच पूर्वमन्त्रीसहित ५६ विरुद्ध जनही आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

पूर्वअर्थमन्त्री डा रामशरण महत तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र पोष्टबहादुर बोगटी भ्रष्टाचारमा संलग्न रहेको आरोपपत्रमा उल्लेख छ।

बोगटीको मृत्यु भइसकेकाले उनको हकवाला श्रीमती राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ।

सुझावित समाचार