सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेकाे छैन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मंसिर ५ गतेसम्म बढाएको थियो । तर, सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक आह्वान गर्दै स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधि भई काम गरेको काेही इच्छुक व्यक्तिलाई दरखास्त दिन वा आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।