हेराल्डका ९०३ विद्यार्थी दीक्षित

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

हेराल्ड कलेज, काठमाडौंका नौ सय तीनजना विद्यार्थी दीक्षित भएका छन् । कलेजको वार्षिक दीक्षान्त समारोहमा ६ सय ९७ जना बिएस्सी (अनर्स) कम्प्युटर साइन्स, ५२ जना बिएस्सी (अनर्स) अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापन र दुई सय ६ जना अन्तर्राष्ट्रिय व्यवस्थापन स्नातकोत्तर (आइएमबिए) तहका विद्यार्थी दीक्षित भएका हुन् । 

कलेजका अनुसार यो वर्ष पनि इनोभेट ग्रुप (आइएनजी)द्वारा प्रदान गरिने ‘पोस्टग्र्याजुएट स्कलरसिप’मार्फत विद्यार्थीलाई सम्मान गर्ने चलनलाई निरन्तरता दिइएको छ । यो वर्षको छात्रवृत्ति बिएस्सी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको हो । शर्माले इस्लिंगटन कलेजमा स्नातकोत्तर अध्ययन गर्नेछन् भने आइएनजीअन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्ने बताइएको छ । 

समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थी मुलुकका सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रका महŒवपूर्ण पदमा कार्यरत रहेको उल्लेख गरे । 

सुझावित समाचार