कोप–३० मा अमेरिकी अनुपस्थिति र चीनसँग विश्वको अपेक्षा

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण
  • अमेरिकाको बहिर्गमनपछि चीनले कोपको नेतृत्वमा देखिएको शून्यता भर्ने धेरैले अपेक्षा गरे पनि बेइजिङ यो जिम्मेवारी लिन अनिच्छुक देखिन्छ

ब्राजिलको बेलेमस्थित अमेजनको किनारमा जलवायु परिवर्तनको प्रगतिबारे छलफल गर्न भेला भएका दसौँ हजार प्रतिनिधिका लागि यो सहज प्रक्रिया थिएन । मैले संयुक्त राष्ट्र संघको कोप–३० जलवायु वार्ताका चुनौतीको प्रत्यक्ष अनुभव गरेँ । प्रतिनिधिले गर्मी महसुस गर्नुका साथै पसिनाले भिजेका थिए । प्रविधि र एयरकन्डिसनरले सधैँ काम गरेनन् । बाढी र आगलागी दुवैले पन्ध्र दिनको सम्मेलनलाई बाधा पुर्याए । यसले जलवायु परिवर्तनले कस्तो असर गर्छ भनेर व्यावहारिक पाठ सिकायो । तर, असुविधाका बाबजुद केही प्रगति भयो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यसलाई ‘सत्यको कोप’ भनेर सम्बोधन गरे । जलवायु परिवर्तन तीव्र हुँदै जाँदा र उत्सर्जन बढ्दै जाँदा प्रतिनिधिले यस क्षणको अत्यावश्यकताबाट पछि हटेनन् । वार्ताअघि धेरैले विश्वव्यापी राजनीतिक उथलपुथल र पेरिस सम्झौताबाट संयुक्त राज्य अमेरिकाको बहिर्गमनले यस वर्षको वार्तालाई कमजोर बनाउने डर व्यक्त गरेका थिए । वार्तामा लगभग ६० हजार प्रतिनिधि उपस्थित हुनु (अहिलेसम्मकै दोस्रो उच्च) ले वार्ता कमजोर थिएन भनेर देखाउँछ । जलवायु वित्त कोष र पहिले नै देखा परेका परिवर्तनसँग अनुकूलनमा प्रगति भएको थियो । तर, जीवाश्म इन्धन शक्तिहरूको कडा प्रतिरोधको सामना गर्नुपर्दा जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्ने प्रयास असफल भए ।

कोप–३० ले के दियो ?
एक चरणमा यस्तो देखिन्थ्यो कि कोप–३० ले जलवायु नीतिको सबैभन्दा कठिन पाटो तोड्न सक्छ– जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा हटाउने सम्झौतामा पुग्न । राष्ट्रहरूले दुई वर्षअघि जीवाश्म इन्धनबाट टाढा जान आवश्यक रहेको विषयमा सहमति जनाएका थिए । तर, त्यहाँ पुग्नका लागि अहिलेसम्म कुनै योजना बनाइएको थिएन । ब्राजिलको एउटा योजना थियो, जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा हटाउने रोडम्यापको लागि समर्थन जुटाइयोस् । रोडम्यापलाई राष्ट्रपति लुलाद्वारा समर्थित र वातावरणमन्त्री मारिना सिल्भाले दृढतापूर्वक अगाडि बढाएका थिए । यसले नर्वे र अस्ट्रेलियाजस्ता प्रमुख जीवाश्म इन्धन निर्यातकर्तासहित ८० भन्दा बढी देशबाट समर्थन प्राप्त गर्यो । धक्काको अपेक्षा गर्दै ब्राजिलले योजना ल्याउनुअघि मुख्य वार्ता बाहिर समर्थन बढाउन काम गर्यो । तर, उक्त पहलले काम गरेन । कोप ३० को अन्त्यसम्ममा रुस, साउदी अरेबिया र भारतजस्ता देशहरू र धेरै उदीयमान अर्थतन्त्रको कडा दबाबपछि अन्तिम परिणामको पाठबाट जीवाश्म इन्धन रोडम्यापका सबै छलफल हटाइएको थियो ।

यसको सट्टा देशहरूले ‘१.५ डिग्री सेल्सियस पहुँच भित्र राख्नका लागि विश्वव्यापी कार्यान्वयन गतिवद्र्धक’ सुरु गर्न र अघिल्ला कोप निर्णयलाई ‘मनन गर्न’ सहमत भए । यो पहल ब्राजिल र आगामी कोप ३१ सम्बन्धी वार्ताका नेता, टर्की र अस्ट्रेलियाले गर्नेछन् । राष्ट्रपति लुलाले जी २० मा जीवाश्म इन्धनसम्बन्धी रोडम्याप तय गर्ने वाचा गरे । 

कोलम्बिया र नेदरल्यान्ड्सले अप्रिल २०२६ मा जीवाश्म इन्धन चरणबद्धतासम्बन्धी सम्मेलन गर्ने बताए । न्यायपूर्ण संक्रमण संयन्त्र विकास गर्ने निर्णयलाई कामदार र समुदायको जितको रूपमा स्वागत गरिएको छ । नयाँ संयन्त्रको उद्देश्य देशहरू विश्वव्यापी न्यून कार्बन अर्थतन्त्रतर्फ सर्दै जाँदा अन्तर्राष्ट्रिय सहयोग, प्राविधिक सहयोग, क्षमता निर्माण र ज्ञान साझेदारी बढाउनु हुनेछ । सम्मेलनका सहभागीले कोषलाई प्रभावकारी रूपमा जुटाउने विषयमा प्रतिबद्धता जनाए । कोष गम्भीर जलवायु क्षतिको जोखिममा रहेका सामान्यतया गरिब र कम उत्सर्जन भएका राष्ट्रहरूलाई मद्दत गर्नका लागि हो । यी राष्ट्रले चार वर्षअघि कोप २६ मा सहमति भएको ४० अर्ब अमेरिकी डलर (अमेरिकी डलर ६२ अर्ब) बाट २०३० सम्ममा जलवायु वित्त तीन गुणा बढाउने दाबीको नेतृत्व गरेका थिए । तर, सहमति भएको पाठले ‘२०३५ सम्ममा कम्तीमा तीन गुणा अनुकूलन वित्त गर्ने प्रयासका लागि आह्वान गर्छ,’ जसले समयसीमालाई बाहिर धकेल्छ । जलवायु अनुकूलनका लागि वित्तपोषण बढाउने प्रयास अलमलमा परेका छन् ।

ब्राजिलको आफ्नै पहलमध्ये एक समशीतोष्ण वन संरक्षणसम्बन्धी योजनाले ठुलो सफलता हासिल गर्यो । योजनाअन्तर्गत उसले ९.५ अर्ब अमेरिकी डलर (१४.७ बिलियन अस्ट्रेलियाली डलर) रकम सहयोग पाउनेछ । समशीतोष्ण वनका लागि ट्रस्टको स्थापना विश्वव्यापी वनफँडानी रोक्न र अमेजनको महत्वपूर्ण कार्बन सिंकसहित आदिवासी भूमिको सुरक्षा गर्न स्रोतसाधन उपलब्ध गराउन डिजाइन गरिएको हो । वनफँडानी अन्त्य गर्ने रोडम्यापका लागि ९२ देशले समर्थन जनाए । यी वनफँडानी पहलको सफलताले कोपको कार्य एजेन्डाको प्रभावकारितालाई औँल्याउँछ, जसको उद्देश्य औपचारिक वार्ताभन्दा बाहिर जलवायु कार्यलाई प्रोत्साहित गर्नु र व्यवसाय, लगानीकर्ता र नागरिक समाजबाट प्रतिबद्धता समावेश गर्नु हो । औपचारिक वार्ता अड्किएपछि यी बाइपासहरूले प्रगतिलाई अगाडि बढाउन सक्छन् ।

अमेरिकी अनुपस्थिति
कोप–३० भन्दा अगाडि विश्लेषकहरूले ट्रम्प प्रशासनद्वारा जलवायु कार्यमाथि जारी आक्रमणले अन्तर्राष्ट्रिय वार्तालाई कमजोर पार्ने डर व्यक्त गरेका थिए । कोप–३० अमेरिकी सरकारी प्रतिनिधिमण्डलविनाको पहिलो जलवायु शिखर सम्मेलन थियो । सुरुमा अमेरिकी अनुपस्थिति विवादका हिसाबले सम्मेलनमा राहतको रूपमा आयो । तर, शिखर सम्मेलनको अन्त्यसम्ममा विश्वको सबैभन्दा ठुलो ऐतिहासिक उत्सर्जक र सबैभन्दा ठुलो अर्थतन्त्र वार्ताबाट गायब हुनुले यसको असर पारेको थियो ।

सुरुमा धेरैले आशा गरेका थिए कि नवीकरणीय ऊर्जा र स्वच्छ प्रविधिमा विशाल चीनले नेतृत्वको शून्यता भर्नेछ । गत वर्ष चीनको स्वच्छ प्रविधि निर्यातले विदेशी उत्सर्जन एक प्रतिशतले घटाउन पर्याप्त थियो । विशाल औद्योगिक शक्तिले विश्वको कार्बन उत्सर्जनको लगभग ३२ प्रतिशत उत्पादन गर्दछ । यी उत्सर्जन स्थिर भएका छन्, जसले गर्दा विश्वव्यापी उत्सर्जन अब चरम सीमामा पुगेको हुन सक्छ भन्ने सुझाव दिन्छ । तर, चीनले आफ्नो घरेलु ऊर्जा संक्रमणमा केन्द्रित रहन अनिच्छुकता देखायो । चिनियाँ वार्ताकारहरूले उत्सर्जन–गहन उत्पादनलाई लक्षित गर्ने नयाँ युरोपेली व्यापार उपायविरुद्धमा आफ्नो अधिकांश शक्ति खर्च गरे । 

विज्ञानमा अडिग रहने र समाधानको कार्यान्वयनलाई तीव्र बनाउने आह्वानको नेतृत्व गर्ने जिम्मेवारी केही साना राष्ट्र, आदिवासी जनजाति र नागरिक समाजलाई दिइएको थियो । अनुमानित ७० हजार मानिसले बेलेमका सडकमा मार्च गरे, जीवाश्म इन्धनका लागि नक्कली अन्त्येष्टि गरे । यो जलवायु कार्यका लागि व्यापक सार्वजनिक समर्थनको एक महत्वपूर्ण पुष्टि थियो ।

पिल मेलबर्न विश्वविद्यालयमा कानुनकी प्राध्यापक हुन्

– द कन्भर्सेसनबाट

सुझावित समाचार