उदयपुरको त्रियुगा नगरपालिका– १०, बोक्सेमा स्थानीय कृष्ण पौडेलको घरमा आगलागी हुँदा ५० लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङका अनुसार आइतबार अचानक आगलागी हुँदा उक्त क्षति भएको हो।
आगलागीमा परी दुईतले काठको घर, सोही घरको तल्लो तलामा रहेको द हिमालयन डल एकेडेमी तथा घर र विद्यालयमा रहेका विभिन्न सामग्रीहरूसमेत जलेर नष्ट भएको दोङले जानकारी दिए।
उक्त आगो स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र दुईवटा दमकलसमेतको सहयोगबाट पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। आगलागीबाट मानवीय तथा पशु चौपायको भने क्षति भएको छैन।
आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।