राप्रपाले आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका बारेमा छलफल गरेको छ। भेटमा राप्रपाले राजा, राजनीतिक दल र जेन–जीलगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्तावसमेत गरेको छ।
राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका हुन्।
राप्रपाको प्रतिनिधिमण्डलमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन कार्की, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ, महामन्त्री शरदराज पाठक, कोशी प्रदेश अध्यक्ष राम थापा, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता मोहनकुमार श्रेष्ठ र मुख्यसचिव केदारबहादुर अधिकारी सहभागी थिए।