इतिहासमा आज

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

सन् १८९३ : न्युजिल्यान्डमा सम्पन्न आमनिर्वाचनमा विश्वमा पहिलोपटक महिलाले राष्ट्रिय निर्वाचनमा सहभागिता जनाए । 

सन् १५२० : पोर्चुगाली अन्वेषक फर्डिनान्ड मेगलन ‘केप डिजायर’ पुगेर प्रशान्त महासागर प्रवेश गरे । उनैले यस महासागरको नामकरण ‘प्यासिफिक’ अर्थात् शान्त गरेका हुन् । 

सन् १६६० : क्रिस्टोफर रेनले आजकै दिन लन्डनस्थित ‘ग्रेस्याम कलेज’मा दिएको मन्तव्यबाट प्रेरित भएर रोयल सोसाइटी अफ लन्डन स्थापना भयो । 

सन् १८२१ : दक्षिण अमेरिकी भूमि पानामामा १० नोभेम्बरदेखि सुरु भएको रक्तहीन विद्रोह आजकै दिन टुंगोमा पुगेपछि स्पेनको औपनिवेशिक शासनबाट मुक्ति हासिल गर्यो । 

सन् १९१२ : अटोमन साम्राज्यका पूर्वअधिकारी अल्बानियन राजनीतिज्ञ इस्माइल केमालीले भ्लोरमा सम्पन्न राष्ट्रिय भेलामा अल्बानियालाई अटोमन (टर्की)को शासनबाट स्वतन्त्र भएको घोषणा गरे । 

सन् १९४३ : दोस्रो विश्वयुद्ध चलिरहँदा अमेरिकी राष्ट्रपति फ््रयांकलिन डी रुजबेल्ट, ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनबिच मित्रशक्तिको कब्जामा रहेको इरानको राजधानी तेहरानमा युद्धका भावी दिनबारे छलफल गर्न भेटघाट भयो । 

सन् १९७३ : अल्जेरियामा सम्पन्न अरब लिगको सम्मेलनले प्यालेस्टाइनको स्वतन्त्रतालाई स्वीकार गर्यो । 

सन् १९७५ : पूर्वी टिमोरले पोर्चुगलको शासनबाट स्वतन्त्र भएको घोषणा गर्यो । 

सन् १९८० : इरान–इराक युद्धका क्रममा इरानी नौसेनाले इराकको झन्डै ७० प्रतिशत नौसैनिक पूर्वाधार नष्ट गरिदियो । 

सन् १९९० : सिंगापुरको स्थापनादेखि सिंगापुरका प्रधानमन्त्री रहेका ली क्वान युले ३१ वर्षपछि सो पदबाट राजीनामा दिए । तथापि, उनी आफ्ना मन्त्री भने रहिरहे । 

सन् १९९१ : साउथ ओसेटियाले जर्जियाबाट स्वतन्त्रता घोषणा गर्यो ।

सन् १९९७ : सर्बियाबाट कोसोभोलाई स्वतन्त्र गराउन संघर्षरत ‘कोसोभो स्वतन्त्र सेना’ रेजालाको युद्धपछि पहिलोपटक सार्वजनिक भयो । 

सन् २०२३ : उत्तराखण्डको एक निर्माणाधीन सडक सुरुङमा थुनिएका ४१ जना भारतीय श्रमिकको ४१ दिनपछि सकुशल उद्धार गरियो । 

सुझावित समाचार