साबिक विजेता जनकपुर जितविहीन, पोखराले तेस्रो खेलमा बटुल्यो दुई अंक

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण
साबिक विजेता जनकपुर जितविहीन, पोखराले तेस्रो खेलमा बटुल्यो दुई अंक

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

साविक विजेता जनकपुर बोल्ट्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार तेस्रो खेलमा पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार दोस्रो खेलमा जनकपुर पोखरा एभेन्जर्सबाट २५ रनले पराजित भयो । लगातार दुई खेल गुमाएको पोखराले जनकपुरलाई हराउँदै दुई अंक जोडेको छ ।

पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । जनकपुरले २० ओभरमा नौ विकेटको क्षतिमा १३० रन जोड्दा २५ रनको हार सामना ग¥यो । पोखराको जितमा स्पिनर विपिन खत्रीले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले चार ओभरमा १५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । ब्याटिङमा अर्धशतकीय योगदान दिएका सुमित बर्माले बलिङमा १९ रन दिएर दुई विकेट हात पारे । 

जनकपुरलाई अन्तिमसम्म जितको आशा दिलाएका वाने पार्नेलले ३८ बलमा चार छक्का र दुई चौका प्रहार गरी ५० रन जोडे । उनी खेलमा रिटायर्ड हट भएका थिए । यसैगरी अन्तिममा ललित राजवंशीले ११ बलमा १० रन जोडे । लक्ष्य पछ्याएको इनिङ्समा जनकपुरले पहिलो ओभरमै दुई महत्वपूर्ण विकेट गुमाएको थियो । विपिनले इनिङ्सको ०.४ ओभरमा ओपनर आसिफ सेखलाई विकेट पछाडि रोसिंटनबाट स्टम्पिङ गराए । ०.६ ओभरमा विपिनले सुभ शंकारलाई बोल्ड गरे । जनकपुरको ब्याटिङमा ओपनर माज सादकतले १४ बलमा २० रन, सुभ कंसाकरले चार रन, जान निकोलले २ रन, कप्तान अनिल शाहले एक रन बनाए ।

सुमितको अर्धशतकीय इनिङ्स
यसअघि पोखराका सुमित वर्माको अर्धशतकीय इनिङ्सको सहयोमगा पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रनको योगफल खडा ग¥यो । पोखराका लागि युगान्डाका सुमितले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रनमा नटआउट इनिङ्स खेले ।

पोखरा इनिङ्सको एक समय १०।२ ओभरमा ६४–४ को अवस्थामा थियो । सुमित र तृतराज दासले पाँचौँ विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै पोखरालाई १८.४ ओभरमा १३६–५ को अवस्थामा राखे । तृतराजले २८ बलमा दुई चौकाको सहयोगमा २९ रन बनाए । यसैगरी, दिनेश खरेलले ३९ रन र एडम रोसिङग्टनले २४ रन जोडे ।

बलिङमा जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

सुझावित समाचार