जनकपुरमाथि स्पिनर विपिन हाबी हुँदै

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण
जनकपुरमाथि स्पिनर विपिन हाबी हुँदै

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

पोखरा एभेन्जर्सका स्पिनर विपिन खत्रीले जनकपुर बोल्ट्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेका छन्। त्रिवि क्रिकेट रंगशालामा बिहीबार दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विपिनले चार विकेट लिएका छन्।

जनकपुरले १५६ रनको लक्ष्य पछ्याउँदा आठ ओभरमा ६ विकेट गुमाएर ५२ रन जोडेको छ। जनकपुरलाई जितका लागि ६४ बलमा १०४ रन आवश्यक छ।

जनकपुरलाई जितका लागि प्रतिओभर ९.८८ रन बनाउनु पर्छ। विपिनले पोखराको शीर्ष तथा मध्यक्रम ब्याटिङ कमजोर बनाए। उनले ०.६ ओभरमा आसिफ सेख, ०.६ ओभरमा कंसाकार, ६.३ ओभरमा जनकपुरका कप्तान अनिल शाह र ८.१ ओभरमा मायांक यादवको विकेट लिए।

मायांकको विकेट पतन हुँदा जनकपुर ४३–६ को दयनीय अवस्थामा रह्यो। उत्कृष्ट बलिङ गरेका विपिनले चारै ओभरमा बलिङ गरी १५ रन खर्चेर चार विकेट हात पारेका हुन्। यसअघि पोखराले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

सुझावित समाचार