अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार धनुषाको कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी विल्डर्स प्रालिउपर पनि मुद्दा दायर गरेको छ। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।