जनकपुरले पावर प्लेमै चार विकेट गुमायो

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
जनकपुरले पावर प्लेमै चार विकेट गुमायो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा बिहीबार खराब सुरुवात गरेको छ। १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले पावर प्लेमै चार विकेट गुमाएको छ।

जनकपुरले तेस्रो विकेटका रूपमा जान निकोल इटनलाई गुमाएको हो। इनिङ्सको ३.१ ओभरमा जान निकोलले खराब सट खेल्दा क्याच आउट हुन पुगे। उनलाई सुमित बर्माले आउट गरेका हुन्।

इनिङ्सको ३.६ ओभरमा ठुलो सट प्रहार गरिरहेका पाकिस्तानका ओपनर माज सादाकतलाई जिमी निसिमले उत्कृष्ट क्याच आउट गराए। माजले १४ बलमा १ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक २० रन बनाए। जान निकोलले ६ बलमा २ रन जोडे। तीन ओभरको समाप्तिसम्म जनकपुरले चार विकेट गुमाएर २८ रन बनाएको छ।

पोखराका लागि विपिन खत्री र सुमित बर्माले समान दुई विकेट हात पारेका छन्। विनिपले पहिलो ओभरमै दुई विकेट लिएका थिए। सुमितले एकै ओभरमा जान निकोल र माजलाई पेभेलिजनको बाटो देखाए। जनकपुरलाई जितका लागि ९९ बलमा १२८ रन आवश्यक छ।

सुझावित समाचार