नवौँ पाङ्मा कप मंसिर १५ देखि

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– ४, पाङ्मास्थित भगीवन्त रंगशालामा यही मंसिर १५ देखि नवौँ पाङ्मा कप फुटबल प्रतियोगिता हुने भएको छ। बिहीबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित किराँतहरूको उद्यौली पर्व धान्य पूर्णिमाको अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक ध्यानसिंह राईले बताए।

प्रतियोगितामा आयोजक लोहोरुङ क्लबसहित सेकाहा क्लब, मकालु फ्रेन्ड्स, खाँदबारी युथ क्लब, तीनपोखरी क्लब, सभापोखरी क्लब, एडभान्स क्लब र सोमबार क्लब (भोजपुर)लगायत आठवटा क्लबको सहभागिता हुनेछ।

विजेताले नगद दुई लाख ५० हजार, उपविजेताले एक लाख तथा दुई टोलीलाई सान्त्वना पुरस्कार २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता मंसिर १९ गते समापन हुने आयोजकले जनाएको छ।

सुझावित समाचार