गृह मन्त्रालयले एक सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ। सरुवामा दुई जिल्लाका सिडिओ फेरिएका छन्।
सहसचिव विष्णुप्रसाद कोइरालालाई मन्त्रालयले डडेल्धुराको सिडिओ बनाएर सरुवा गरेको छ।
त्यस्तै, दाङका सहायक सिडिओ यज्ञबहादुर बुढालाई अछामको सिडिओमा खटाइएको छ। डडेल्धुरामा सहायक सिडिओका रूपमा कार्यरत सावित्रा पुनलाई दाङको सहायक सिडिओ बनाइएको छ ।